
काठमाडौं । धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका ३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको आइतबारमात्रै परीक्षण गर्दा कोराना पुष्टि भएको थियो । गएरातिदेखि अस्पताल भर्ना भएका उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।
एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्