
जनकपुर । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक आज दिउसो १ बजे बस्दै छ । महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बैठक बस्न लागेको हो । यसअघि ४ कात्तिकमा चौथो अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने र शुभकामना दिने कार्यसूची छ । अन्य कार्यसूचीबारे दलका नेताहरुसँग छलफल भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठक आह्वान भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो दलको नेता परिवर्तन गरेका छन् ।
एमालेले आफ्नो दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुद्यन महतोलाई र माओवादीले भरत साहलाई चयन गरेको छ । दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि मण्डल संसदीय दलको नेता बनेका थिए । तर प्रधानमन्त्रीले संसद विघटन गरेपछि ओली पक्षका मण्डललाई तत्कालीन माधव–प्रचण्ड समूहले पनि संसदीय दलको नेताबाट हटाएर महतोलाई नै नेता बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्