
तस्विर फाइल
अर्घाखाँची । जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको कामले तिब्रता पाउने बताउनु भएको छ ।
अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २ सय ८१ मेगावाट आयोजनाको साइट कार्यालयलको उद्घाटन गर्दै उहाँले आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउनु भएको हो । आयोजनाबाट विद्युत् उत्पादन मात्र नभई दाङ, कपिलवस्तु बाँकेलगायतका क्षेत्रमा सिंचाई सुविधा उपलव्ध गराउने योजना पनि रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्