
पोखरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइ्रालाले देशलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने ठोकुवा समेत गर्नुभयो । आगामी मंसिर महिना भित्र निर्वाचन गराउने गरी संयुक्त सरकार गठन हुने उहाँको दाबी छ ।
डा. कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने ओली सरकार चाँडै बिदाई जिकिर गर्नुभयो । माओवादीले सरकारको समर्थन फिर्ता नलिँदा र जसपा अनिर्णित हुँदा सरकार गठनमा ढिलाइ भएको उहाँको भनाइ छ ।
कोइरालाले ओली सरकार जति लम्बियो उतिनै देशमा अराजकता बढ्ने आरोपसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्