१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरनिको राजमार्ग अवरुद्ध


0
Shares

काठमाडौं । अरनिको राजमार्गको अमलटारमा यातायात अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिएर एकको मृत्यु भएपछि स्थानीयले यातायत अवरुद्ध गरेका हुन् ।

अरनिको राजमार्गको अमलटारमा सडकमा टायर राखेर यातायात अवरुद्ध गरेपछि दोलखा, बाह्रबिसे जाने र काठमाडौं आउने यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

बसको ठक्करले मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको छ ।

श्रेष्ठको खाडिचौरको सदावहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायातको बसले खाडिचौरबाट आउँदै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकलाई विपिरत दिशामा गएर ठक्कर दिएको थियो ।