६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुवालुङ हेर्नेको संख्या बढ्यो, आन्तरिक पर्यटनमा टेवा


0
Shares

धनकुटा । सप्तकोशी नदीकोे बीचमा रहेको ठूलो ढुङ्गा ‘खुवालुङ’ फुटाउने चर्चा चलेसँगै दैनिक सयौं मानिस त्यहाँ पुग्न थालेका छन् ।

धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीमा रहेको खुवालुङ हेर्न अधिकांश किराँत धर्मवलम्बीहरू पुग्ने गरेका छन् । धनकुटा, सुनसरी, झापा, पाँचथर लगायत स्थानमा रहेका किराँती समुदाय र अन्य समुदाय मानिस जान थाले सँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ ।

प्रधानमन्त्रीले खुवालुङ फुटाएर मोटर बोट चलाउने अभिव्यक्ति दिएपछि यो स्थान विषयमा चर्चामा छ । खुवालुङ सिङ्गो किराँत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेकाले फुटाउन नहुने भन्दै विरोध भइरहेको छ ।