
एजेन्सी । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गरेको छ ।
बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।
आन्तरिक र चार्टर्ड उडानमाथि पनि रोक लगाइए पनि मेडिकल इमरजेन्सी, मानवीय सहायता र कार्गो उडान भने कायमै रहनेछ ।
बंगलादेशमा यसअघि मार्च महिनामा कोरोना संक्रमण बढेपछि ९ दिनसम्म देशव्यापी लकडाउन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्