२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


किरण र मिरुनाको ‘म तिम्रै’ सार्वजनिक


0
Shares

काठमाडौं । सलीन मगरको आवाज, शब्द, लय सिर्जना र सङ्गीत संयोजनमा गीत ‘म तिम्रै’ सार्वजनिक भएको छ ।

आइतबार भएको गीत रिलिज कार्यक्रममा चलचित्र निर्देशक मिलन चाम्सले गीत र भिडियो निकै उत्कृष्ट बनेको बताउनुभयो । कार्यक्रममा गायक सनुप पौडेल लगायत गीतको सम्पूर्ण टिमको उपस्थिति थियो ।

केन्द्र मोसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

विकेश मगरको छायाङ्कन, सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ । किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड गरिएको छ ।