
काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्चका प्रस्तावित न्यायाधीश नहकुल सुवेदीविरुद्ध दायर भएको रिट खारेज गरेको छ ।
न्यायाधिश तेज बहादुर केसीको एकल ईजलासले न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दायर गरेको रिटमा सुनुवाइ गर्दै रिट खारेज गरेको हो । यो सँगै न्यायाधीश सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुलेको छ ।
चैत १३ गते वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदीको संविधान अनुसार योग्यतानै नपुगेको भन्दै न्यायरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
तर, सर्वोच्च अदालतले सर्वोच्चको न्यायाधीशको लागि सुवेदीको योग्यता पुग्ने व्याख्या गर्दै रिट खारेज गरिदिएको छ । न्यायापरिषद्ले सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
यस्तै सिफारिस गरिएका न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया चैत ४ गतेदेखि सुरु भइसकेको छ भने बैशाख ३ गते संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाई गर्ने तय भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्