१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईपीएल क्रिकेटः राजस्थान रोयल्स र पञ्जाब किङ्स भिड्दै


0
Shares

एजेन्सी । भारतमा जारी आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईमा बेलुकी पौने ८ बजे सुरु हुने खेल दुवै टिमको १४ औं संस्करणको पहिलो खेल हो । दुवै टिम जित निकाल्दै विजयी सुरुवात गर्न चाहन्छन् । राजस्थान सन्जु सामसनको तथा पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदानमा उत्रँदै छ ।

आपसी भिडन्तमा पछिल्लो पाँच खेलमा राजस्थानले ३ र पन्जाबले २ खेल जितेको छ । यो पहिलो चरणको अन्तिम खेल हो ।

आठ टोली सहभागी प्रतियोगितामा यसअघि भएका खेलमा रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स विजयी भएका छन् भने मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद पराजित भएका छन् ।