१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिनेसोटामा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप, प्रशासनले लगायो कर्फ्यू


0
Shares

एजेन्सी । अमेरिकाको मिनेसोटामा महिला प्रहरीको गोली लागेर एक अश्वेत युवाको ज्यान गएको घटनालाई लिएर प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटामा भेला भएका प्रदर्शनकारीहरुले प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू लागु गरेको छ । मिनेसोटाको ब्रुक्लिन सेन्टरमा गत आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको हो ।

प्रहरीले दुर्घटनावश राइटमाथि गोली प्रहार भएको बताएको छ । प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोज्दा उनी भाग्न प्रयास गरेपछि नियन्त्रणम लिने क्रममा गोली प्रहरा भएको थियो ।