१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनको २५ लडाकु विमान ताइवानी हवाइ क्षेत्रमा प्रवेश


0
Shares

एजेन्सी । ताइवानले २५ भन्दा बढी चिनियाँ लडाकु विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

२५ विमानमध्ये कतिपयमा परमाणु हतियार समेत ओसारपसार गर्न मिल्ने रहेको उसको दाबी छ । ताइवानले पछिल्लो एक वर्षमा चीनको तर्फबाट आफूमाथि आक्रमण भइरहेको बताउँदै आएको छ ।

चीनले ताइवानलाई एक चीन नीतिअन्तर्गत आफ्नो भू–भाग मानेको छ भने ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक भन्दै आएको छ ।

सोमबार चीनको विमान घुसपैठमा १८ लडाकु जेट, ४ बमवर्षक, २ एन्टी सबमरीन र समयभन्दा अगाडि नै चेतावनी दिने एक विमान भएको ताइवानको भनाइ छ । चीनको विमानलाई चेतावनी दिन आफ्नो लडाकु विमान पठाइएको र निगरानीको लागि मिसाइल सिस्टम तयार पारेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले हालसालै दक्षिणी चीन सागरमा दक्षिणी ताइवान र ताइवान नियन्त्रित प्रतास द्वीपको मध्य भागमा आफ्नो विमान पठाएको थियो । सोमबार पनि २५ विमानले प्रतास द्वीपसम्म उडान भरेको बीबीसीले जनाएको छ ।

अमेरिकाले चीनले ताइवानमाथि गरेको आक्रमणको विषयमा चिन्ता व्यक्त गरेको एक दिन पछि चीनले पुनः ताइवानमा २५ विमान पठाएको हो ।