
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि (बुधबार) देशबासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । स्रोतका अनुसार वैशाख १ गते बिहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने स्रोतले बताइएको छ।
प्रतिक्रिया दिनुहोस्