
तस्विर फाइल
काठमाडौं । चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई लगाउन सुरु गरिएको छ ।
आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि चिनियाँ खोप लगाइने छ ।
यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरणले पनि खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । यो खोप वैशाख ५ गतेसम्म विभिन्न २३ वटा केन्द्रबाट खोप लगाइने मन्त्रालयले जनाएको छ । चीनले अनुदानमा दिएको आठ लाख डोज खोप चैत १६ गते काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्