१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज बैशाख ७ गतेबाट, कसले कति गते लगाउने ?


0
Shares

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पहिलो डोज लगाएकालाई आगामी बैशाख ७ गतेदेखि दोस्रो डोज दिइने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका छन् ।

पहिलो डोज लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोजको खोप दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो डोज लगाएकाहरूले वैशाख ७ गते, माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज लगाएकाहरूले ८ गते दोस्रो डोज लगाउन पाउने छन् ।

यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख १० गते दोस्रो डोजको खोप लगाउने व्यवस्था मिलाइएको छ ।

यसैगरी माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो डोज लगाएकाहरूलाई बैशाख ११ गते दोस्रो डोजको खोप गएको जनाइएको छ । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।