
काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २ सय ३ जनामा गरिएको परीक्षणमा ४ सय ६० जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहँदा ८५ जना क्वारेन्टिमा छन् ।
सक्रिय संक्रमितमध्ये ९७ जनाको आईसीयु र २० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्