१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ वर्ष अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री


0
Shares

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । देशवासीलाई नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नु भएको छ ।

वर्ष २०७७ साल कोरोना महामारीका साथै राजनीतिक अस्वस्थताले धुमिल भएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले मेलम्चीको पानी काठमाडौंमा ल्याउन सफल हुनुलाई अघिल्लो वर्षको मूख्य उपलब्धीको रुपमा चित्रण गर्नु भएको छ । आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ ।

कृषि उपजमा वृद्धिदर राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले संबृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक पार्न हरेक दिन साँढे ५ किलोमिटर बाटो निर्माण गरिरहेको दावी गर्नुभयो । व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको पनि ओलीको भनाई छ । आगमि बजेटमार्फत सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा प्रधानमन्त्रीले गर्नु भएको छ ।