
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले थ्री नेसन्स ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।
बुधबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।

घरेलु टोली नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।
यसैबीच, त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिज विश्वको १ सय ४१ देशबाट लाईभ हेर्न सकिने भएको छ । क्यानले सिरिजको सम्पूर्ण खेलहरू विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने जनाएको छ ।
This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide. pic.twitter.com/YyoskPLSsb
— CAN (@CricketNep) April 14, 2021
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग बैशाख ७ गते र अन्तिम लिग खेलमा मलेसियासँग बैशाख ९ गते खेल्नेछ । दोहोरो लिग प्रणालीमा हुने श्रृंखलाका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा बैशाख ११ गते खेल्नेछन् ।
नेपालमा भने हिमालय टेलिभिजनबाट सिरिज र ओएसआर डिजिटलको युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्