६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एएफसी कप–२०२१ प्ले अफ : त्रिभुवन आर्मी र बेंगलुरु एफसीबीच प्रतिस्पर्धा हुँदै


0
Shares

काठमाडौं । एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा नेपालको त्रिभुवन आर्मी क्लबले भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । दुई टीमबीचको खेल बुधबार बेलुकी पौने आठ बजे गोवास्थित जीएमसी स्टेडियममा हुनेछ ।

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी, बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।

बेंगलुरुलाई पराजित गरेमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल्नेछ । प्ले अफको विजेताले समूह चरणको समूह ‘डी’ मा स्थान बनाउने छन् । समूह ‘डी’ मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरू मे १४ बाट सुरु हुनेछ ।

एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बने पनि च्याम्पियन मछिन्द्रको लाइसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।