१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हुन्डी कारोबार गरेको अभियोगमा कलवार पक्राउ, ८ लाख बरामद


0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डी कारोबार गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने भगवानप्रसाद कलवार रहेका छन् । उनलाई प्रहरीले वीरगञ्ज–६ स्थित बाबा होटल नजिकैबाट नियन्त्रणमा लिएर जाँच गर्दा साथमा रहेको झोलाबाट श्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

कलवरामाथि बैकिङ्ग तथा वित्तीय ऐनसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।