१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवस्था परिवर्तन भएअनुसार नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन सकेन– मन्त्री रायमाझी


0
Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वहरूमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताउनुभएको हो । त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको मन्त्री रायमाझीको भनाइ छ । परिवर्तित समाजमा माक्र्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरू महत्वपूर्ण भए पनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि उहाँले बताउनुभयो ।