२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवलपरासीका युवाको शव बागलुङमा जमिनमुनी गाडिएको अवस्थामा भेटियाे


0
Shares

बागलुङ । ढोरपाटन नगरपालिका– २ खल्टुबोटनजिक खोल्सामा जमिनमुनी गाडिएको अवस्थामा बुधबार दिउँसो शव भेटिएका व्यक्तिको हिजो पहिचान भएको छ ।

भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता भएका नवलपरासीको देवचुली घर भई रुपन्देही बस्दै आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । सञ्चार माध्यममा आएका समाचारको आधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य भएको भन्दै हुलियाको आधारमा शव पहिचान भएको हो ।

शवको पोष्टमार्टम गर्न धवलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । बुधबार ढोरपाटन नगरपालिका– २ खल्टुवोटका स्थानीयले गाडिएको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

बस्याल चार फिट गहिराईमा घाँटीमा रसिले कसिएको, दुवै खुट्टा बाँधिएको अवस्थामा थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका– २ रिनामका एक पुरुषलाई रुपन्देहीबाट प्रकाउ गरेको छ ।

रुपन्देहीमा विद्यालयको क्यान्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाईमध्ये लालबहादुर खनाललाई प्रहरीले प्रकाउ गरेको छ भने गौरीश्वर अझै सम्पर्कमा नआएको बुटवल इलाका प्रहरी कार्यालयले जनाएको छ । हत्याको विषयमा अनुसन्धानपछि मात्रै थाहा हुने बताइएको छ ।