१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज र भोलि स्थानीय वायु सक्रिय : हावाहुरी र मेघ गर्जनसहित चट्याङकाे सम्भावना


0
Shares

काठमाडौं । आजपनि देशका विभिन्न भू–भागमा हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको छ ।

दिउँसो १२ बजेपछि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीसहित चट्याङ र वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अन्य प्रदेशका पहाडी भू–भागमा पनि यो सम्भावना रहेको छ । १२ बजेसम्म भने मौसम सामान्य रहने छ ।

हावाहुरी र चट्याङको सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुन उहाँले सुझाव दिनुभयो । आज र भोलि स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको हो । यसअघि गएराति पनि देशका विभिन्न भागमा असिनापानी र ठूलो हावाहुरी चलेको थियो ।