
काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर निकाय रअबीच चार–बुँदे सम्झौता भएको समाचार लेख्ने अनलाइनहरूलाई २४–घण्टे स्पष्टीकरण सोधेको छ ।
शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।
त्यस्तै, काउन्सिलको स्वअनुमगनले दर्ता नभएका सन्देशप्रवाह डटकम र न्यूज८८पोस्ट डटकमलाई लाई नेपालभित्र बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
पत्रकारिताको मूल्य–मान्यता, संवेदनशीलताको ख्याल गरी जवाफदेहीपूर्ण ढंगबाट सत्यको अन्वेषण, तथ्यको सम्प्रेषण गर्दै आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकारिता गर्न पनि काउन्सिलले सबैको ध्यानाकर्षणा गराएको छ ।

प्रतिक्रिया दिनुहोस्