
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशका चार सांसद्ले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गर्दै नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।
केही दिन अघिसम्म प्रकाश ज्वाला र नन्दसिंह बुढा कर्णाली प्रदेशका मन्त्री थिए । पार्टीले समर्थन फिर्ता लिएको लामो समयम्म पनि सरकारमा रहेका यी दुई मन्त्रीले केही दिन अघि मात्र राजीनामा दिएका थिए ।
कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्