
काठमाडौं । तीनतिर नारायणीले छेकेकाले सुस्तासँग अरु नेपाली बस्तीको सम्पर्क डुंगाबाट तरेपछि मात्रै सम्भव छ। भारतले सीमा मिचेका कारण पटकपटक विवादमा आइरहने यो बस्ती वाषौंदेखि उपेक्षित थियो ।
स्थानीय सरकार गठन भएपछि भने यसको एक्लोपन र छटपटाहटमा केही कमी आएको देखिन्छ । सुस्तामा स्थानीय सरकारका केही कामले बासिन्दालाई राहत भएको छ । स्थानीयले आस गरे पनि सहज नठानेका यी सुविधाले सुस्तावासीको घरदैलो उज्यालो भएको छ।
‘सुस्ताको मुहार फेर्दै छ,’ सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले भने, ‘हामीले भर्खरै ढलान गरेर पक्की सडक निमार्ण गर्यो ।’ स्थानीय सरकार सञ्चालनमा आएपछि सुस्ताका बासिन्दाले विकास देखेको दाबी उनले गरे ।
‘बाटो मात्रै होइन, एका सय किलोवाटको सोलार बत्ती पनि बालेका छौं,’ घरघरमा उज्यालो पुगेको छ,’ उनले भने, ‘स्वास्थ्य चौकीमा अहेव राखेर सेवा दिइरहेका छौं, विकासका अरु योजना अघि सारिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस्