१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रिमनसुन प्रणाली सक्रिय : हल्कादेखि मध्यमखालका वर्षा हुने


0
Shares

काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना रहेको छ । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले यस्तो सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताउनुभयो । पश्चिमी वायु र स्थानीयस्तरको वायु सक्रिय भएकाले त्यसको असर देशभर देखिने छ ।

काठमाडौं उपत्यकामा विहानपख आंशिक बदलीको अवस्था छ । दिउँसो पनि बादल लागेर पानी पर्ने सम्भावना रहेको छ । पहाडी भागमा चट्याङसहित हल्कादेखि मध्यमखालको र तराईमा सामान्य खालको वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले हुन अनुरोध समेत गरेको छ ।