७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरु


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, बालकृष्ण खाँण, जसपाबाट अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्णसहित सर्बेन्द्रनाथ शुक्ला सहभागी हुनुहुन्छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, संयुक्त जनमोर्चाका हिमालाल पुरि र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्छ । तर नेकपा माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा सहभागी छैन ।

बैठकको निम्तो नआएको भन्दै नेकपा माओवादीका अध्यक्ष दाहाल तथा एमाले नेता नेपाल सहभागी नभएको बताइएको छ । संसद्को हिउँदे अधिवेशन, कोरोना महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ  ।