१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एक पटक राप्रपालाई मौका दिने जनताको मनस्थिति छ– पूर्वमन्त्री बोहरा


0
Shares

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले राप्रपालाई एक पटक मौका दिने जनताको मनस्थिति रहेको बताउनुभएको छ । राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको उहाँले दावी गर्नुभयो ।

राप्रपा रुपन्देही जिल्ला कार्यसमितिको घोषणा सभालाई शनिबार भैरहवामा सम्बोधन गर्दै बोहराले अब निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा राप्रपा नेतृत्वको सरकार आएपछि राजासहितको लोकतन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र भ्रष्टाचाररहित सुशासन स्थापित गर्ने दावी गर्नुभयो ।

‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ,’ बोहराले भन्नुभयो, ‘राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घर–घरमा पुगेर बताउनुपर्छ ।’

उहाँले नेकपा एमालेको आन्तरिक संघर्ष, नेपाली कांग्रेस र मधेशवादी दल अलमलमा रहेकोले आगामी जनताले राप्रपालाई रोज्ने बताउनुभयो ।