१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नरिच सिटी प्रिमियरसिपमा बढुवा


0
Shares

एजेन्सी । नरिच सिटी फुटबल क्लब इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा बढुवा भएको छ ।

दोस्रो श्रेणीको लिग च्याम्पियनसिप अन्तर्गत गएराति भएका खेलहरुमा ब्रेन्टफोर्ड र स्वान्सी सिटीले जित निकाल्न नसकेपछि नरिच सिटीको बढुवा पक्का भएको हो ।

लिगमा ४२ खेलबाट नरिच सिटीले ९० अंक जोडेको छ । समान खेलबाट ८२ अंक जोडेको वाट्फोर्ड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको स्वान्सी सिटीको ७६ अंक छ ।

१ खेल कम खेलेको ब्रेन्टफोर्ड ७४ अंकसहित चौथो स्थानमा रहेको छ । अघिल्लो सिजन मात्रै च्याम्पियनसिपमा झरेको नरिच सिटी एक वर्षपछि फेरी प्रिमियर डिभिजनमा फर्कन सफल भएको छ ।

नरिच सिटी प्रिमियरसिपमा फर्किएकै दिन शेफिल्ड युनाईटेड भने च्याम्पियनसिपमा झरेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा वुल्भरह्याम्पटन वान्डरर्ससँग १–० ले पराजित भएपछि शेफिल्डको घटुवा निश्चित भएको हो ।

जारी लिगमा ३२ खेलबाट शेफिल्डले १४ अंक मात्रै जोडेको छ । लिगमा रेलिगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानको बर्न्लेको ३३ अंक छ ।

शेफिल्डले अब बाँकी रहेका सबै ६ खेल जितेपनि १७ औं स्थानमा पुग्न सक्दैन ।

गएराति भएको प्रिमियर लिगको अर्को खेलमा न्युकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले हराएको छ ।