
एजेन्सी । कोरोना महामारीका कारण विश्वभर मर्नेको संख्या ३० लाख नाघेको छ ।
अमेरिकाको जान्स हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा बढी संक्रमित देश हुन् । यी तीन देशमा मात्रै मर्नेको संख्या १० लाख भन्दा बढी छ ।
समाचार एजेन्सी एएफपीका अनुसार पछिल्लो हप्ता हरेक दिन विश्वभर औसतमा १२ हजार मानिसको मृत्यु कोरोनाका कारण भएको छ ।
तर विश्वभरको आधिकारिक तथ्याकं सही नराखेको कारण यो संख्या घटबढ हुन सक्छ ।
विश्व स्वास्थ्य संगठनले विश्वभर मर्नेको संख्या बढेकाले चिन्ताजननक अवस्था ल्याएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्