
बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न आएका स्थानीयलाई प्रहरीले हटाएको छ । गएराति सयौँको संख्यामा आएका स्थानीयलाई प्रशासनको सहयोगमा आज बिहानै हटाईएको हो ।
सरकारले सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिने भनेपछि उनीहरु करिडोरको जग्गा कब्जा गर्न गएका हुन् । नयाँ गाउँ, बेलवास, गोलपार्क, बुद्धनगरलगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बी ब्लकको जग्गामा चुना र डोरीले घेरा हालेर प्लटिङ गरेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताउनुभयो ।
सरकारले देशका सातवटै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुसार गत फागुन २१ गते मोतिपुर औद्योगिक करिडोरको पनि शिलान्यास गरिएको थियो । तर केही व्यक्तिले आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रमको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्