
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार १ सय बढी कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जना संक्रमितको मृत्यु भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा ६८ हजार ६ सय बढी थपिएका छन् । महाराष्ट्रमा हिजो ५ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महाराष्ट्रको मुम्बईमा एकैदिन ५३ जनाको मृत्यु भएको छ । त्यहाँ रात्रीकालिन कफ्र्यु जारी रहेकै बेला पूर्ण रुपमा लकडाउन गर्नुपर्ने माग समेत उठ्न थालेको छ । यस्तै राजधानी नयाँ दिल्लीमा हिजो एकैदिन १ सय ६१ जनाको कोरोनाका कारण मृत्यु हुँदा २५ हजार ४ सय बढी संक्रमित थपिएका छन् ।
नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा एकैदिन ३० हजार ५ सय बढी कोरोना संक्रमित थपिँदा १ सय २९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ७८ हजार ७ सय बढीकोे मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्