७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


तेह्रथुममा ल्याण्डलोभर दुर्घटना, चालकको मृत्यु


0
Shares

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुबाट मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजारतर्फ जाँदै गरेको ट्याक्सी गए राति दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ ।

को १ ज ३४०१ नम्बरको ल्याण्डलोभर दुर्घटना हुँदा चालक ४५ वर्षिय कुष्ण खापुङको घटनास्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी गौतम थापाले जानकारी दिनुभयो ।

ल्याण्डलोभर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ल्याण्डलोभरमा कति सवार थिए भन्ने खुल्न सकेको छैन ।