१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनचाँदी व्यवसायीको हत्या गर्ने मुख्य सुटर चार वर्षपछि पक्राउ, सिन्धुली कारागार चलान


0
Shares

सर्लाही । सुनचाँदी व्यवसायीको गोली हानी हत्या भएको घटनाका मुख्य सुटर चार वर्ष पछि पक्राउ परेका छन् ।

सर्लाहीको पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्किँदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए ।

चार वर्ष पुरानो घटनामा संलग्न भएका मुद्दाका फरार प्रतिवादी सर्लाही लालबन्दी नगरपालिका–२, पुनर्वासका सञ्जीव पासवानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । भारतमा लुकीछिपी बस्दै आएका पासवान नेपाल आएपछि कविलासी नगरपालिकाबाट पक्राउ गरिएको हो ।

पक्राउ परेपछि पनि पासवानले प्रहरीललाई झुक्याएर भाग्न खोजेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पासवानले प्रहरीले तयार पारेको मिसिलमा रहेको फोटो आफ्नो नरहेको दावी गरेको थिए । पछि उनकी श्रीमती र परिवारका अन्य सदस्यले उनको पहिचान गरेका थिए ।

प्रतिवादी पासवानलाई सर्लाही जिल्ला अदालत पेश गर्दा पूर्पक्षमा कारगार चलान गर्ने आदेश भएको छ । आदेशानुसार उनलाई आइतबार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।