
काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ ।
पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमाेजिम तत्काल पोखरा महानगरभित्रका विद्यालय बन्द नहुने भएको हो ।
कोरोना संक्रमण बढेसँगै विद्यालय क्षेत्र संक्रमणको जोखिमा रहेको भन्दै सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने विद्यालय बन्द नगर्ने सहमति भएको छ ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएकाे छलफलमा कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा यही बैशाख महिना भित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ ।
विद्यालयमा आउने समस्याका आधारमा बन्द गर्ने वा नगर्ने भन्ने निर्णय भने स्वयं विद्यालयले गर्ने निर्णय समेत भएको छ । त्यसैगरी वैठकको निर्णयअनुसार पोखरा क्षेत्रका सवै विद्यालयहरूले बैशाख महिना भित्र परीक्षा लिइसक्नुपर्नेछ । वैठकमा
प्रतिक्रिया दिनुहोस्