१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको दिल्लीमा एक साताका लागि लकडाउन


0
Shares

एजेन्सी । भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले एक साताका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । उहाँले सबै परिस्थितिको अनुगमन गरेर सरकारले ६ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो ।

यो छोटो अवधिको लकडाउन रहेको र बढ्ने सम्भावना निकै कम रहेको मुख्यमन्त्री केजरीवालको भनाइ छ । गरिबहरूका लागि लकडाउनको समय निकै कठिन हुने थाहा हुँदै–हुँदै संक्रमण नियन्त्रणका लागि बाध्य भएर निर्णय लिनु परेको केजरीवालले बताउनुभयो ।

लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।