
काठमाडौं । हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण भएको छ ।
सोमबार आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत उहाँले पूरै परिवारलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभएको हो ।
उहाँले आफूसहित छोरा यमन श्रेष्ठ, छोरी सराना श्रेष्ठ, बुहारी रिंकु बज्राचार्य श्रेष्ठ र नातिनी ग्रिष्मालाई कोरोना भएको जानकारी दिनुभयाे । जानकारीसँगै उहाँले कोरोनालाई खेलाँची नसम्झन भन्दै सतर्क रहन आग्रह गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ । भइसकेपछि सास्ती चाहिँ हुने रहेछ, त्यसैले यो Virus लाई खेलाँची नगर्नुहोला । जति सकिन्छ corona बाट सतर्क रहनु होला । Birthday wish गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद ।’
प्रतिक्रिया दिनुहोस्