२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुद्ध एयरद्वारा ‘क्रस सिटी’ उडानको तयारी, पोखराबाट अब नेपालगञ्ज, बिराटनगर र सिमरा उडान


0
Shares

पोखरा । वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडानको तयारी गरेको छ ।

वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्ध एयरले जनाएको छ । आन्तरिक पर्यटकको आउजाउमा सहज पु¥याउने र भारतीय पर्यटकलाई पनि लक्षित गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार पोखराबाट नेपालगञ्ज, बिराटनगर र सिमरा रुटमा उडान गर्ने तयारी भएको हो । त्यसबाहेक बुद्धले नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगर रुटमा पनि उडान गर्न थालेको हो ।