१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…


0
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सोमबार(आज) मन्त्रीमण्डल हेरफेर भयो ।

माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजबादी पार्टिका ४१ सांसदको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताब प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै बहालबाला माओवादी केन्द्रका २ मन्त्रीले पदबाट राजीनामा दिए ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेकी एक जसपाका सासंद्ले विभिन्न मन्त्रालयको जिम्मेवारी सहित सपथग्रहण गरे । जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गर्दै भोलिसम्म फर्किने समयसीमा तोक्दै नफर्किएमा पार्टीले कारबाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार बिहानको संसदीय दलको बैठकले बहुतमसहित अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्दै हस्ताक्षर गरे पनि जसपाका ४ मन्त्रीले आजै सपथग्रहण गरेका हुन् ।

पार्टी अध्यक्ष यादवले मंगलबार २४ घण्टे स्पस्टिकरण माग्ने बताउँदै चित्तबुझ्दो जवाफ नआए प्रदेशसभा सदस्यसहित पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिहान मात्रै अविश्वासको प्रस्ताब दर्ता गर्ने भन्ने निर्णय भयो, दिउँसो पार्टिलाई थाहै नदिइ सपथ लिनुभएछ, यो हाम्रो पार्टीको निर्णय भन्दा बाहिर छ ।’