१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैते दशैंमा नवलपुरका धार्मिक क्षेत्रमा दशनार्थीहरुको भीड


0
Shares

नवलपुर । चैते दशैंको अवसरमा नवलपुरका धार्मिक क्षेत्रमा बिहानै देखि दशनार्थीहरुको भीड लागेको छ ।

जिल्लामा रहेका देवीहरुको मन्दिरमा बिहानैदेखि भिड लागेको हो । जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका मन्दिर र दाउन्नेमा रहेको दाउन्ने देवीको मन्दिरमा बिहानैदेखि दशनार्थीहरुको भिड लागेको छ ।

सानो दसंैका रुपमा मानिएको चैते दसंैमा देवी भगवतीको पुजा आराधना गर्नाले सुख शान्ति मिल्ने भन्दै बिहानैदेखि दशर्नार्थीहरु देवीको मन्दिरमा पुगेर पुजापाठ गरेका छन ।

हरेक वर्ष चैते दसैमा विविध कार्यक्रम गरिने यहाँका मन्दिरहरुमा भने यो वर्ष कोरोनाका कारण कार्यक्रम आयोजना हुन सकेनन् ।

तर दर्शन गर्न आउनेहरुलाई भने बिहानैदेखि मन्दिर खुल्ला गरिएको हो ।