१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जनसहित पानी पर्ने


13
Shares

काठमाडौं । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आशिंक बदली भएर मेघ गर्जनसहित हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।