२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको प्रयास तथा पछिल्ला राजनीतिक घटनाक्रमकै समीक्षा हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । नेताहरुको कार्यव्यस्तताका कारण हिजो स्थगित गरिएको बैठक आज दिउँसो बस्ने तय भएको हो ।