१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले गरे स्वास्थ्य मापदण्ड उल्लङ्घन, ठूलो संख्यामा ‘सीताराम शोभा रथयात्रा स्थापना समारोह’ काे आयाेजना


0
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहानैै सरकारले बनाएको स्वास्थ्य मापदण्ड उल्लङ्घन भएको छ । मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने भनि बनाएको स्वास्थ्य मापदण्ड बालुवाटारबाटै उल्लङ्घन भएको हो ।

आफ्नै नेतृत्वमा जारी गरिएको आदेश प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिपल्टै उल्लङ्घन गर्नुभएको हो । बालुवाटारमा आज प्रधानमन्त्री केपी ओलीले तामझामका धेरै मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरिएको हो ।

बालुवाटारमा वैदिक अनुष्ठानसहितको प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।