
खिलनाथ ताजपुरिया
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्य र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुनेछ ।
सोमबार बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक आजको लागि सारिएको हो । सोमबारको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो ।
आजको बैठकमा यसबारे पनि छलफल हुने तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्