
काठमाडौं । सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।
९ हजार रुपैयाँमा स्वाब नै संकलन नगरी नेगेटिभ रिपोर्ट दिने सिनामङ्गलस्थित सुर्या हेल्थ केयरमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको हो । प्रहरीले त्यहाँबाट केही नक्कली रिपोर्ट पनि बरामद गरेको छ । दीपक श्रेष्ठको स्थलगत रिपोर्ट–
प्रतिक्रिया दिनुहोस्