
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले मंगलबार भच्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा संक्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताउनुभयो ।
असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उहाँले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार संक्रमित थपिन सक्ने बताउनुभयो ।
संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने बताउनुभयो ।
हाल २ हजार संक्रमितलाई उपचार गर्न सकिने रेमडिसिभर औषधि र ४ लाख पीसीआर किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्