१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


करारका एक सय ३८ कर्मचारीलाई स्थायी बनाउँदै काठमाडौं महानगर


13
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाका कर्मचारीलाई स्थायी पदपूर्ति गर्न प्रक्रिाया अगाडि बढाएको एक महिना पुगसक्यो । तर, अझै एने गुपचुप राखिएको छ । महानगरको विशेष अधिवेशनको तेस्रो बैठक २६ फागुनमा काठमाडौं महानगरमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक २०७७ स्वीकृत गरेको थियो ।

महानगरले सोही ऐनमा टेकेर करार सेवाका एक सय ३८ जना कमएचारीलाई सीमित प्रतिस्पर्धाबाट स्थायी बनाउन प्रक्रियासमेत थालिसक्यो । तर, यो ऐन हालसम्म राजपत्रमा प्रकाशित गरिएको छैन, न त सार्वजनिक नै गरिएको छ । महानगर स्रोतका अनुसार ऐन सार्वजनिक भ्एमा आलोचना हुने भयले गुपचुप राखिएको हो ।

नयाँ पत्रिका