
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गर्नुभएको छ ।
भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई अपील गर्नुभएको हो ।
साथै उहाँले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने बताउनुभयो ।
देशका युवाहरुलाई अपील गर्दै कोभिड सचेतना अभियान चलाउन उहाँले आग्रह गर्नुभयो ।
यसबीच भारतको तमिलनाडु राज्यमा एकैदिन १० हजार ८ सय बढी संक्रमित पुष्टी भएको छ भने ४८ जनाको मृत्यु भएको छ ।
भारतमा कोरानाका कारण हालसम्म १ लाख ८२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार बढी छ ।
प्रतिक्रिया दिनुहोस्