१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङका तीन वडामा लकडाउन


0
Shares

बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्रका तीन वडा १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

हिजो एकै दिन ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले हिजो रातीदेखि लागु हुनेगरी लकडाउन घोषणा गरेको हो ।

बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका स्रोतव्यक्ति सुरज गुरौले जानकारी दिनुभयो ।